सेतीमा माछा मार्ने क्रममा बेपत्ता भएका तामाङ ड्याम खोलेर खोज्दा पनि भेटिएनन्
पाेखरा | फागुन १७, २०८०
तस्बिर फाइल
पोखरा: पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका सार्की लामा तामाङ (मानबहादुर) चार दिन देखि नदीमा बेपत्ता छन् । आइतबार बेलुका नदीमा माछा मार्ने क्रममा उनीसहित मंगा तामाङ बेपत्ता भएका थिए ।
नदीमा मानिस बेपत्ता भएको खबरपछि उद्धारका लागि खटिएको वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बलको नम्बर २४ कालिका गणको टोलीले मध्यरातको १ः१० बजे मंगा तामाङलाई मृत फेला पारेको थियो ।
पोखरा– १ सिम्पानी घर भएका सार्की लामा तामाङ (मानबहादुर) नदीमा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । तामाङको परिवारले सेती नदीमा बनाइएको ड्याम खोलेर खोजी गर्न अनुरोध गरेपछि आज (बिहीबार) ड्याम खोलेर खोजी गरेपनि फेला नपरेको कास्की प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सेती नदीमा माछा मार्न क्रममा बेपत्ता भएका २ जना मध्य एक जना मृत फेला परेका थिए ।
पोखरा: गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल ...
पोखरा: पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा यही माघ २२ गतेदेखि नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । बुद्धटोल युवा...
पोखरा: पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा लेखनाथले विजयी हासिल गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा पोखरा र...

